१९ कार्तिक २०८१, सोमबार

आन्दोलनमा सुरक्षा सतर्कता, ‘अत्यावश्यक काममा मात्र सवारी चलाउनू’ 

कोलोराडोखबर संवाददाता , November 23rd, 2023
काठमाडौँ । ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो ।
ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर  निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन  गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्