२८ माघ २०८२, बुधबार

पत्रकार महासंघको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने ६ संगठनको माग

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

नेपाल । प्रेस चौतारी नेपालसहित ६ वटा संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न माग गरेको छ ।

महासंघको २७ औं महाधिवेशनबाट जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावलीकोबिवाद देखाएर चुनाव नगर्ने षडयन्त्र भइरहेको भन्दै ६ वटा संगठनहरुले तत्काल मतदाताको टुंगो लगाएर सावर्जनिक गर्न माग गरेको हो ।

महासंघको नेतृत्वले सदस्यता सूची बुझाउन ढिलाइ गरेको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्