२६ माघ २०८२, सोमबार

मकवानपुर र सुर्खेतमा भएको दुर्घटनामा ७ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , May 30th, 2024

नेपाल । मकवानपुरको भीमफेदी र सुर्खेतको वीरेन्द्रनगरमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

यसैक्रममा बिहीबार बिहान जिप दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्ने आशंका छ ।

त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबारअपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्