२४ माघ २०८२, शनिबार

सहकारीको रकम अपचलनको छानबिन गर्न विशेष संसदीय समिति गठन

कोलोराडोखबर संवाददाता , May 29th, 2024

नेपाल । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न विशेष समिति गठन भएको छ ।

समिति गठन र कार्यादेशमा सत्तारुद दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच सहमति भएसँगै यही विषयलाई लिएर संसदमा उत्पन्न गतिरोध पनि अन्त्य भएको छ । मंगलबार बजेट प्रस्तुत हुँदा संसद सफलतापूर्वक सुचारु भएको थियो ।

उक्त समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् ।

सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २–२, माओवादी, रास्वपा र राप्रपाका १–१ जना सदस्य रहनेछन् । जसअनुसार कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् । एमाले सांसद थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्