२५ बैशाख २०८३, शुक्रबार

मंगलबार गणतन्त्र दिवस मनाईँदै, आगामी आवको बजेट पनि सार्वजनिक हुने

कोलोराडोखबर संवाददाता , May 28th, 2024

नेपाल । मंगलबार नेपालमा १७औं गणतन्त्र दिवस मनाईँदै छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्ता जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।

यसैबीच, मंगलबार नै मुलुकको ७३औँ बजेट सार्वजनिक हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्