नेपाल । सम्बन्ध विच्छेद पछि पनि पूर्वश्रीमतीलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका भएका छन्।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यस्तो फैसला गरेको हो ।
सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ। गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन् । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो । त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्