काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले फेरि आफ्नै रेकर्ड तोडेका छन् ।
गत आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी आफ्नै रेकर्ड तोडेका हुन् ।
सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण यात्रा सुरु गरेका र सगरमाथाबाहेक उनले केटू, चोयु, ल्होत्से, मनास्लुलगायतका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।
आरोहणपछि सोमबार उनी आधार शिविर आइपुगेका छन् । यही सिजनमा पुनः अर्को पटक पनि सगरमाथा आरोहण गर्ने विचारमा छन् । अघिल्लो सिजनमा पनि उनले २ पटक सगरमाथा आरोहण गरी सबैभन्दा बढी २८औं पटक आरोहणको रेकर्ड बनाएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्