६ आश्विन २०८३, मंगलवार

रविको प्रश्न-‘सहकारी ठगी प्रकरणमा म विरुद्ध छानबिन समिति किन बनाउने ?’

कोलोराडोखबर संवाददाता , May 8th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले पुनः पुरानै अडान दोहोर्याएका छन् । उनले सहकारी ठगी प्रकरणमा आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताए ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरोविरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको जिकीर गरे ।

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्