२२ मंसिर २०८१, शनिबार

पञ्जाब किंग्सद्वारा चेन्नई सुपर किंग्स ७ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , May 2nd, 2024

नेपाल । भारतका जारी इंडियन प्रिमियर लिग (आईपिएल) मा बुधबारको खेलमा क्रिकेटमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स माथि ७ विकेटको सहज जित निकालेको छ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोडेको थियो ।

जितपछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ।

आईपिएलमा बिहीबार सनराईजर्स हैदराबाद र राजस्थान रोयल भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्