१ फाल्गुन २०८१, बिहीबार

लखनऊ सुपर जाएन्ट्सद्वारा मुम्बई इंडियन्स पराजीत

कोलोराडोखबर संवाददाता , May 1st, 2024

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मंगलबार सम्पन्न खेलमा लखनऊ सुपर जाएन्ट्सले मुम्बई इंडियन्सलाई ४ विकेटले पराजित गरेको छ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।

जितपछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ । यो हारले मुम्बई प्लेअफ पुग्ने सम्भावना कठिन देखिएको छ ।

आइपिएलमा बुधबार चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स भिड्ने छन् ।​

प्रतिक्रिया दिनुहोस्