३० बैशाख २०८१, आईतवार

पहिलो खेल जितेर हौसिएको नेपालले वेस्टइन्डिजसँग आइतबार दोस्रो खेल खेल्दै

कोलोराडोखबर संवाददाता , April 28th, 2024

नेपाल । शनिबार पहिलो खेल जितेर हौसिएको नेपालले आइतबार दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

शनिबार पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्