२८ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनः इलाम र बझाङमा शनिबार मतदान जारी

कोलोराडोखबर संवाददाता , April 27th, 2024

नेपाल । इलाम र बझाङमा शनिबार मतदान जारी छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा १ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।

इलाम–२ मा १९ जना चुनावी मैदान मा छन् भने बझाङमा ११ जना चुनावी मैदानमा छन् । इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा हुने छ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जन बिच प्रतिस्पर्धा हुने छ ।

इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने बझाङ १ (क) ६१ हजार सात सय ४८ मतदाता छन्

इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ भने बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्