२१ बैशाख २०८१, शुक्रबार

चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

कोलोराडोखबर संवाददाता , April 17th, 2024

नेपाल । पोखरामा रहेर साहित्यकार सिर्जना गर्दै आएका चर्चित व्यक्तित्व प्रकट पंगेनी ‘शिव’ को मंगलबार निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।

गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् ।

यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।

उनका श्रृंगारिक रचनाहरु दर्शक–श्रोताहरुले अत्याधिक पन पराइएका छन् ।

प्रतिक्रिया दिनुहोस्