३१ भाद्र २०८१, सोमबार

सनराइज हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत

कोलोराडोखबर संवाददाता , April 16th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को सोमबार सम्पन्न खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत गरेको छ ।

हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनाएको थियो ।

जवाफमा बैंग्लौरले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र बनाउन सक्यो । आईपीएलमा मंगलबार कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्