नेपाल । शनिबार ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले कतारलाई ३२ रनले पराजीत गरेको हो ।
नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन् ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्