२१ बैशाख २०८१, शुक्रबार

अनेसास बोर्ड अफ ट्रस्टीका सभापति विश्वकर्माद्वारा प्रज्ञा-अन्तर्देशीय पुरस्कार ग्रहण

कोलोराडोखबर संवाददाता , April 12th, 2024

कोलोराडो । नेपाल प्रज्ञा-प्रतिष्ठानले बुधबार एक भव्य समारोहबीच दर्जन प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

यसैक्रममा प्रज्ञा–अन्तर्देशीय पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा पाएका छन् । विश्वकर्मालाई नगद रु. १ लाख नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको होे ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमल निभाको हातबाट जनही नगद रु. १ लाखको पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुनेहरुमा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, साहित्यकार तथा राजनीतिज्ञ मोहनविक्रम सिंह, खगेन्द्र सङ्ग्रौला, देवी नेपाल, बाल साहित्यकार गंगा आचार्यसहित दर्जन साहित्यकारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्