२१ बैशाख २०८१, शुक्रबार

१० अर्ब बढी कर छलि गर्ने सफ्टवेयर बनाउने कम्पनी बिरुद्ध मुद्दा दर्ता

कोलोराडोखबर संवाददाता , April 1st, 2024

नेपाल । राजस्व अनुसन्धान विभाग १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले कर छलि गरेको ठहरसहित कोटीभिटी नेपाल प्रालि बिरुद्ध आइतबार उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो ।

उक्त कम्पनीले पटक–पटक शेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको दाबी छ ।

सो कम्पनी पूर्णरुपमा विदेशी लगानी भएको कम्पनी हो । आर्थिक वर्ष २०७२–०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता शेयर भेरिक्स हेल्थ इन्क, सयुक्त राज्य अमेरिकाको नाममा बिक्री भएको देखिन्छ ।

विभागले ५ अर्ब १८ करोड, २२ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो । भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

कम्पनीले सफ्टवेयर निर्माण गरी अमेरिका निर्यात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्