नेपाल । टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ ।
शुक्रबार सम्पन्न खेलमा आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो ।
नेपालका लागि लोकेश बमले आक्रामक शतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ बलमा १०६ रन बनाएर आउट भए ।
लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।
यो जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको टी-२० सिरिजमा १–० ले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्