२२ मंसिर २०८१, शनिबार

आईपीएलमा सनराइज हैदरावादद्वारा मुम्बई इन्डियन्स ३१ रनले पराजित

कोलोराडोखबर संवाददाता , March 28th, 2024

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति सम्म खेलमा सनराइज हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ ।

जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रनमात्रै बनाउन सक्यो ।

त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्