३० भाद्र २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , March 23rd, 2024

–आर.आर. चौलागाईं–

खुट्टा तान्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका
छुरा हान्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका ।

जतिसुकै राम्रो काम गर्नोस् पत्याउँदैनन् कसैले
कुरा काट्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका ।

किन होला मानिसहरू चाप्लुसीमै रमाएका ?
जाल थाप्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका ।

यो अन्धकार रातलाई पनि मध्यान्ह भन्नुपर्ने रे
खेल हाप्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका ।

अल्छी तरिकाले चुचुरोमा कैले पुग्ने होला खै
भाँजो हाल्नेहरू धेरै हुन्छन् आफ्नै वरिपरिका ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्