२४ कार्तिक २०८३, मंगलवार

घोप्टेभिरमा फेरि सुख्खा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

कोलोराडोखबर संवाददाता , November 10th, 2026

नेपाल । पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा गएराति फेरि सुख्खा पहिरो खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ।

सो ठाउँमा हिजो सबेरै खसेको सुख्खा पहिरोले दिउँसो करिब दुई बजेसम्म बाटो अवरूद्ध भएको थियो। सुख्खा पहिरो खसी बाटो अवरोध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले राति सवा ११ बजे तिर पहिरो गएको जानकारी दिए।

सुख्खा पहिरो खसेर बाटो दुई तर्फी अबरुद्ध भएको‌ र पहिरो हटाउने कार्य भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्