३० भाद्र २०८१, आईतवार

सूत्रकथाः परिचय

कोलोराडोखबर संवाददाता , March 16th, 2024

–एसके ज्ञवाली–

नेपालको क्षेत्रफल कति छ ?
–खै, थोरै नै होला । सानो छ देश भन्छन् ।

नेपलको जनसंख्या कति छ ?
–हेक्का भएन । जन्मिरहन्छनरमरिरहन्छ्न, को गनेर बसोस् ।

नेपालको सिमाना थाहा छ ?
–बिश्व भूमण्डलिकरणको जमानामा माटोको सिमानाको अर्थ छैन ।

नेपालको आर्थिक बिकासको मूल आधार के हो ?
–के थाहा ? आफू ब्यापारी परिएन ।

नेपालको राष्ट्रिय गाना कुन हो ?
–गीत सङ्गीतमा मेरो खासै रुचि छैन ।

नेपालको सांस्कृतिक, धार्मिक एब ऐतिहासिक पक्षमा कत्तिको जानकार हुनुहुन्छ ?
–लोकसेवा आयोगको तयारी गर्या भए पो जान्नु ।

जीवनमा सबैभन्दा बढी खुशी भएको दिन ?
–अमेरिकी सेनाले सब्दान हुसेनलाई मारेको दिन ।

सबै भन्दा दुःखी कहिले हुनु भयो ?
–टाइटनिक फिल्मको हिरो कठ्याङ्ग्रीयर मर्दा ।

तपाईलाई मन पर्ने देश कुन हो ?
–स्विजरल्यान्ड ।

मन पर्ने गीत ?
–जनगनमन भारत माता ,कस्तो मीठो शब्द छ।

मन पर्ने उत्सब ?
– भ्यालेन्टाइन डे एन्ड क्रीसमस ।

मन्दिर जादा भगवानसङ्ग के माग्नुहुन्छ ?
– त्यही त हो, डिभी परोस कि त भिसा झरोस ।

मनपर्ने खाना ?
–पिजा र चिकन क्रन्ची ।

तपाईं को हो ? चिन्नु हुन्छ ?
– कस्तो वाईयात प्रश्न ।

भन्नुस न त तपाईं को हो ?
–म एक स्वाभिमानी नेपाली ।

तपाईं नेपाली ? के छ प्रमाण ?

–आच्या, जिस्किने पनि हद हुन्छ नि । टोपी लगाको मान्छेसित के छ प्रमाण रे, नेपाली नागरिकताको फोटोकपी देखाउ की ओरजिनल नै हेर्नुहुन्छ ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्