१६ आश्विन २०८३, शुक्रबार

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

कोलोराडोखबर संवाददाता , October 2nd, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को चालु अधिवेशन अन्त्य गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद्‌को चालु अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य हुनेछ ।

यसअघि मन्त्रिपरिषद्को गत असोज १३ गते बसेको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्यको औपचारिक घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्