नेपाल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति गरिएको आन्दोलनको मुख्य नेतृत्वकर्ता भएकाले पार्टीकै काँधमा धेरै ठूलो जिम्मेवारी रहेको बताएका छन्।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै विगतमा पञ्चायती निरङ्कुशता विरोधीदेखि निरङ्कुश राजतन्त्र विरोधी आन्दोलन गरेको स्मरण गरे।
उनले जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने हुनसक्ने बताए। लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात भएको पार्टी नेकपा नै भएको जिकिर थरे।
उनले गत भदौ २४ गतेको विध्वंस देखिसकेपछि सम्भव भएसम्म विचार, राजनीति, सङ्गठनमा मूलभूत रूपमा समानता राख्नेहरू मिलेर जानुपर्ने निष्कर्ष निकालेको बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्