१ फाल्गुन २०८१, बिहीबार

नेपालमा सत्ता गठबन्धन फेरिएसँगै नेपालका लागि अमेरिकी राजदूतको दौडधुप

कोलोराडोखबर संवाददाता , March 11th, 2024

नेपाल । नेपालमा सत्ता गठबन्धन फेरिएसँगै नेपालका लागि अमेरिकी राजदूतको दौडधुप बढेको छ ।

यसैक्रममा आइतबार अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँगको भेटमा अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी गराएका थिए ।

राजदूत थम्प्सनले पराराष्ट्रमन्त्रीसँग पनि भेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्