काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।
काँग्रेसले सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवार बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्