३ आश्विन २०८१, बिहीबार

सूत्रकथाः रजस्वला (सन्दर्भः ११४औं अन्तर्राष्ट्रिय नारी दिवस)

कोलोराडोखबर संवाददाता , March 9th, 2024

–एसके ज्ञवाली–

–गोमा, किन रुदै आएकी ?
–म बर्बाद भए ।
– के भयो ?
–डाक्टरले यौन रोगको सिकाएत छ भन्यो ।
–औषधि ल्याईनौ त ?
–डाक्टरले जाँच्ने बाहानामा बलात्कार गर्यो ।
–पुलिसलाई खवर किन नगरेको ?
–पुलिसले प्रमाण देखाउ भन्यो । देखाउँदा उल्टै…
–कानुनी उपचारको बाटो खोज्नु पर्थ्यो ।
– वकिलले पुलिस रिपोर्ट र डाक्टरी प्रमाणपत्र
लिएर आउनुस भन्यो ।
–अनि यहाँ किन आएकी त ?
–घर नआएर कहाँ जानु ?
–तुरुन्तै बाहिर निस्की । यो मेरो निजी निवास हो, कुनै वेश्यालय होईन ।

–अरे, सुनिनस ,घर बाहिर निस्की ।
–एक्छिन ,हतियार खोज्दै छु ।
–किन चाहियो हतियार ?
–हत्या गर्न ।
–कति जनाको हत्या गर्छेस ?
डाक्टर , पुलिस कि वकिल ?
–एक जनाको ।
–कस्को ?
–शिव कुमारको नाति, बिष्णु प्रसादको छोरा श्रीमती गोमा कुमारीको श्रीमान माननीय महिला तथा बालबालिका मन्त्री रामप्रसाद उपाध्ययको ।
–बौलाईस कि क्याहो ? यो त मेरै नाम हो ।
–त भन्दा ठूलो अपराधी अरु को हुन सक्छ ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्