नेपाल । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई गुजरात टाइटन्सले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले २०औँ ओभरमा अलआउट हुँदै १५५ रन बनायो। डिफेन्डिङ च्याम्पियन १२औँ खेलमा अलआउट हुन पुग्यो।
बैंगलुरुका लागि विराट कोहलीले २८, देवदत्त पाडिकलले ४०, रजत पाटिदारले १९, रोमारियो शेफर्डले १७, वेंकटेस ऐय्यरले १२ तथा भुवनेश्वर कुमारले १५ रन जोडे।गुजरातका अर्सद खानले ३ तथा राशिद खान र जासन होल्डरले २–२ विकेट लिए। मोहम्मद सिराज र कागिसो रबाडाले पनि १–१ विकेट लिए ।
जबाफी ब्याटिङमा उत्रिएको गुजरातले १५ दशलमव ५ ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । गुजरातका लागि शुभमन गिलले ४३ तथा जोश बटलरले ३९ रन जोडे। वासिङ्टन सुन्दरले १२ राहुल तिवतीयाले २७ तथा जासन होल्डरले १२ रन बनाए।
बलिङतर्फ बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिँदा रोमारियो शेफर्डले २ तथा सुयश शर्माले १ विकेट लिए। पराजित बैंगलुरु ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहँदा गुजरात १० अंकका साथ पाँचौ स्थानमा छ।
प्रतियोगिता अन्तरगत शुक्रबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटलबीचको खेल जयपुरमा हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्