अमेरिका । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।
एप्पलले २०२६ सेप्टेम्बर १ देखि टिम कुकलाई कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बनाउने घोषणा गरेपछि उनले सीईओ पद छाड्ने भएका हुन्। कुकको राजनिामासँगै हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष जोन टर्नस एप्पलको नयाँ सीईओ हुनेछन्।
स्टिभ जब्सपछि सीईओ बनेका टिम कुकको लगभग १५ वर्षको कार्यकाल अब समाप्त हुँदैछ। कार्यकारी अध्यक्षको रूपमा टिम कुकले कम्पनीको केही काममा सहयोग गर्नेछन्।
जोन टर्नस २००१ मा एप्पलको उत्पादन डिजाइन टोलीमा सामेल भएका थिए। २०१३ मा उनी हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष बने। २०२१ देखि हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यकारी टोलीमा टर्नस सामेल छन्। टर्नसले सेप्टेम्बरदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्