४ बैशाख २०८३, शुक्रबार

NRNA को प्रतिनिधि मण्डलद्वारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट

कोलोराडोखबर संवाददाता , April 17th, 2026

नेपाल । महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमंडलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट गरेको छ।

भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी दिईएको थियो। उक्त परियोजनामार्फत सडकबाट उदार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको छ l

यसैगरी, आगामी महिला विश्व सम्मेलनको तयारीका सम्बन्धमा पनि जानकारी गराइएको छ l सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित सहभागिताबारे जानकारी प्रस्तुत गरिएको हो l

भेटमा मन्त्री बादीले संघ का गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।

उक्त भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्