२५ माघ २०८१, शुक्रबार

साउदीमा नेपाली चेलीहरुको उत्कृष्ठ प्रदर्शन, नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा

कोलोराडोखबर संवाददाता , February 28th, 2024

कोलोराडो । मंगलबार राति साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली चेलीहरुले उतकृष्ठ प्रदर्शन गरेका छन् ।

लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । नेपालले लेवनानलाई २–१ गोलले पराजित गरेको हो ।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएको बललाई प्रिती राईले उत्कृष्ट गोल गरिन् ।

खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् ।

खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन् । दुई दिनपछि उपाधिका लागि नेपालको भिडन्त जोर्डनसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्