३ बैशाख २०८३, बिहीबार

गीत: एउटाको तारिफ गर्दा अर्को रिसाइदिने…

कोलोराडोखबर संवाददाता , March 7th, 2026

-लालगोपाल सुवेदी-
एउटाको तारिफ गर्दा अर्को रिसाइदिने
सर्पजीले दूधमा पनि बिखै मिसाइदिने !!

सबैसंग कोइलीझैं मीठो बोलूँ भन्छु
कसैको त नजरमा कसिंगरझैं बन्छु

सकेनन् कि बुद्धले नि संसार रिझाउन
मन छैन कसैको नि चित्त दुखाउन !!

भन्न थाले कसैले त खुकुरी नै जाती
गुहार गुहार भन्छन् यहाँ अचानोका साथी

किन आज मौसमले आँधी हुरी डाक्छ ?
मन्दिर जाने मान्छे पनि देखावटी लाग्छ ।

-हाल अमेरिका ।

प्रतिक्रिया दिनुहोस्