३० भाद्र २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , February 25th, 2024

–ज्ञानेन्द्र गदाल-

*****
जाडो-गर्मी झरी-वतास, छेल्दै हिड्नुपर्ने
यात्रा जोछ पीडा-हतास, झेल्दै हिड्नुपर्ने |

अधरको मन्द मुस्कान, देख्ता खुशी जस्तो
भित्र जोछ आफुसंग, पर्गेल्दै हिंड्नुपर्ने |

जितको मात्रै आशा किन, लिनु सधैंभरि ?
हार्नु जोछ त्यो पनि त, खेल्दै हिंड्नुपर्ने |

अलिकति छिटो हुँदा, के होला र तेस्तो ?
हतार जोछ अरुलाई, पेल्दै हिंड्नुपर्ने |

फूलको पनि नियति त्यै, ओइलाएको देख्छु
जीउनु जोछ अनेक पापड, बेल्दै हिंड्नुपर्ने |
*****

-कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्