१९ मंसिर २०८१, बुधबार

मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर लिगमा नेपालद्वारा माल्दिभ्स पराजीत

कोलोराडोखबर संवाददाता , February 14th, 2024

मलेसिया । मलेसियाको क्वालालम्पुरमा मंगलबार भएको एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि जित हासिल गरेको छ ।

नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीले अविजित एक सय १८ रन बनाइन्।

टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमलव पाँच ओभरमा मात्र १३ रनमा समेटियो ।

लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ–आठ विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्