३ आश्विन २०८१, बिहीबार

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्यानडाबिरुद्ध सबै खेल जित्यो

कोलोराडोखबर संवाददाता , February 13th, 2024

नेपाल । क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–० ले जितेको छ ।

यसअघिका २ खेल जितेको नेपालले सोमबार सम्पन्न खेलमा क्यानडालाई ९ वीकेटले पराजीत गरेको हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले १ वीकेटको क्षतिमै लक्ष्य भेट्टाएको थियो ।

नेपालले पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्नेछ । पहिलो खेल बिहीबार नामिबियासँग खेल्दैछ । दुई सातापछि दुबईमा यूएई र स्कटल्यान्डसँग लिग २ को शृंखला खेल्नेक्रममा क्यानडाले आउँदो १० दिन मूलपानीमा रहेर प्रशिक्षण गर्दै नेपाल ‘ए’ सँग तयारी खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्