नेपाल । नेपालले क्यानडा विरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल पनि ४ विकेटले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई हराएको हो ।
२८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो । यो खेल जित्दै नेपालले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।
यसअघिको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो । नेपालले तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्