नेपाल । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार सम्पन्न खेलमा क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो ।
नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १र१ विकेट लिएका थिए ।
यसअघि नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्