जापान । जापानको नागोया बस्दै आएका नुवाकोटका अनुज कार्की मृत फेला परेका छन् ।
चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय कार्की गत शुक्रबार बिहान स्थानीय पार्कमा मृत फेला भेटिएको हुन् । उनी सुजुकी गाडी कम्पनीमा कार्यरत थिए ।
अनुजको शव नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ । उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्