नेपाल । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रधानमन्त्री कपको उपाधि पुलिसले तेस्रो पटक जितेको हो । यसअघि सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो र २०१९ मा उपाधि जितेको थियो ।
पुलिस लिग चरणमा सबै ९ खेलमा विजयी भएको थियो । आर्मीले भने प्रधानमन्त्री कपमा लगातार छैटौं पटक फाइनल खेलेको हो । आर्मीले २०१७ मा पुलिससँग बाँडेको थियो । २०२१ मा उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्