३ फाल्गुन २०८१, शनिबार

क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजायको फैसला, ‘उच्च अदालत जाने’

कोलोराडोखबर संवाददाता , January 11th, 2024

नेपाल । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकेको छ ।

अदालतले बुधबार लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।

फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्