५ बैशाख २०८३, शनिबार

अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ २० हजार धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , February 1st, 2025

नेपाल । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ शुक्रबार २० हजार धरौटीमा रिहा भएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आशिकालाई २० हजार धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार धरौटीमा छाडेको थियो । त्यस लगत्तै उनलाई प्रहरीले पक्राउ गरी भक्तपुर लगेको थियो ।

उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो ।

माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो । प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्