बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका मगर समुदायको संस्था मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले माघे सङ्क्रातिको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
संघले नेपालीहरुको विषेश चाड माघे सङ्क्रातिको अवसर पारेर ‘माघे सङ्क्रान्ति–२०२५’ कार्यक्रम गर्न लागेको हो ।
नेपालका मगर जातिले विशेष रुपमा मनाउने गरेको चाड ‘माघे सङ्क्राति’ लाई अमेरिकामा रहेका प्रवासी नेपाली मगर समुदायले पनि प्राथमिकताका साथ मनाउँदै आएका छन् ।
यसै क्रममा, मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले आउदो जनवरी १३ तारिख सोमबार 50 church street, Waltham, MA-02452 मा ‘माघे सङ्क्रान्ति -२०२५’ कार्यक्रम गर्न लागेको हो।
यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार जनवरी १४ तारिख मङ्गलबारका दिन परेको छ । यो दिन मगर जातीको राष्ट्रिय पर्व हो । यस दिन मगर जातिमा धनुष काँडले तादो चडाउने प्रचलन छ ।
धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने यस दिनमा आस्थाका आधारमा घर–बासस्थानमै वा शक्तिपीठहरुमा पुगी भगवानहरुको दर्शन, पूजापाठ, ध्यान, जप, साधना, आराधना आदि गर्ने गरिन्छ। यस दिन विशेष गरी, घ्यू, चाकु, तिल, कन्दमूल, खिचडी आदि खानुका साथै शरीरमा तेलरघ्यू घसेर सूर्य वा आगोको तापमा शरीर सेक्ने पनि प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्