अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका तमु समुदायको एनआरएनए अभियानमा महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
शनिवार लण्डनमा तमुधीं यूकेको रजत महोत्सवलाई सम्बोधन गर्दै डा. शर्माले भने, ‘तमुधीं यूके एनआरएन भन्दा पनि बलियो संस्थाको रूपमा स्थापित भएको छ र यसले केवल तमुहरूको धरोहर मात्र नभएर सम्पूर्ण नेपाली समुदायको धरोहर बनेको छ ।’
उनले थपे, ‘तमुधींले विश्वभर छरिएका तमु समुदायलाई एकताबद्ध गर्ने, र परम्परा तथा संस्कृतिलाई विदेशमा जर्गेना गर्ने काम गर्दै आएको छ ।’
डा. शर्माले तमुधीं यूकेको विभिन्न कार्यक्रम जस्तै गोर्खाकप र नेपाली मेला मार्फत विश्वभरका सबै समुदायका मानिसलाई जोड्न सफल भएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्