२१ फाल्गुन २०८२, बिहीबार

नेकपा एसको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको तेस्रो स्थायी कमिटी बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो । मंसिर २६ गतेदेखी सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार, सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्