२० फाल्गुन २०८२, बुधबार

काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

कोलोराडोखबर संवाददाता , October 31st, 2024

नेपाल । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टी नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्