नेपाल । नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीडितहरुलाई दिनु हुने भएकोछ ।
बुधबार प्रमुख सचेतक मेटमणि चौधरीले संसद् सचिवालयलाई आफ्ना सांसदहरुको १५ दिनको तलब उद्धार कोषमा राखिदिन पत्राचार गर्नुभएको हो ।
‘हाम्रो पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिनु हुन अनुरोध छ’, चौधरीले पत्र लेख्नु भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्