१० श्रावण २०८३, आईतवार

गोरखा मिडियाको आर्थिक कारोबारमा जीवीभन्दा रबि मुख्य जिम्मेवार !

कोलोराडोखबर संवाददाता , September 21st, 2024

नेपाल । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोरखा मिडियाको आर्थिक कारोबारमा अध्यक्ष जीबी राई नै जिम्मेवार भएको जिकिर गर्नुभए पनि उहाँकै हस्ताक्षरबाट करिब २४ करोडको चेक काटिएको र साटिएको प्रमाण फेला परेको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि उहाँ आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको प्रमाण भेटिएको हो ।

सहकारी ठगी सम्बन्धी संसदीय छानविन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरूको फेहरिस्त नै राखेको छ ।

लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको छ । समितिको प्रतिवेदनअनुसार लामिछानेले एउटै चेक तीन करोड रुपैयाँसम्मको काटेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्