नेपाल । दुई स्पेनी नागरिक कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ बाट उल्लेरी जाने क्रममा बेपत्ता भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा पुलमुनि रहेको पुरानो बाटो हिँड्ने क्रममा उनीहरूलाई मौजा खोल्साले बगाएको सूचना आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) चेक पोस्टमा नाम टिपाएर उल्लेरीतर्फ लागेका उनीहरूको खोजी कार्य जारी छ ।
प्रहरी र स्थानीयले शंकास्पद ठाउँमा खोजी गरे पनि आवश्यक सामग्री नहुँदा खोजीमा समस्या भएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्