२३ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री दाहाल, ओली र नेपालबीचको अर्थपूर्ण भेटघाट

कोलोराडोखबर संवाददाता , June 4th, 2024

नेपाल । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच लामो भेटवार्ता भएको छ ।

यसअघि बालुवाटारमा प्रधानमन्त्री, ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवर्ता भएको थियो भने लगत्तै प्रधानमन्त्री, ओली र नेपालबीच सिंहदरबारमा भएको भेटवार्तामा भयो ।

यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्