नेपाल । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइएफबीबी एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा सहभागी हुन गइरहेको नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ।
सो प्रतियोगता सन् २०२६ नोभेम्बर १३ देखि १६ तारिखसम थाइल्यान्डको पटायामा हुँदैछ । अनिश थापा र असिम बाबु गुरुङले सो प्रतियोगितामा खेल्नुहुनेछ । प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडी तथा पदाधिकारीलाई शुभकामना दिँदै प्रतियोगितामा सफलताका लागि शुभकामना दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गर्नुभयो।
सो विदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस फेडेरेशनका पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, सदस्य राजेश बज्राचार्य, सल्लाहकार पदमलाल शिलाकार, आइएफबीबी अन्तर्राष्ट्रिय निर्णायक केशव नागा, बोर्ड सदस्यहरू श्याम लाखा र राजकुमार प्रधानाङ्ग, अन्तर्राष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडीहरू सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायकहरू दिपेश पाठक र शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्